भृकुटीमण्डमा शुरु भएको नाडा ईभी एक्सपो २०२२ मा टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सो इलेक्ट्रिक कार सार्वजनिक गरेको हो ।
पहिले देखि नै नेपाली बजारमा रेगुलर नेक्सन ईभी र डार्क भेरिएन्ट रहेकोमा अब प्राइम समेत गरी तीन भेरिएन्ट उपलब्ध हुने भएको हो । यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यसमा रिजेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभिटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटीक ब्रेक ल्याम्प जस्ता विभिन्न फिचर थप गरिएको छ । अन्य विभिन्न फिचर भने नेक्सन ईभी जस्तै छ । यसमा नेक्सन ईभीमा जस्तै ३०.२ किलोवाट आवर लिथियम आयोन ब्याट्री प्याक रहेको छ, जसले १२७ बीएचपी पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ । सिंगल चार्जमा यसले ३१२ किलोमिटर रेन्ज दिने बताइएको छ । यो कार डस्ट र वाटरप्रुफ रहेको छ ।