नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल’ को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर ‘नाडा ईभी एक्स्पो’ यही आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना भइरहेको छ । नाडा ईभी एक्सपोको अवसरमा असोज ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म युएसएडको सहकार्यमा नाडा ईभी चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।
तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । ईभी चौतारीको पहिलो दिन असोज ७ गते ईभी टेक्नोलोजी एन्ड इकोसिस्टमको वारेमा छलफल हुनेछ भने दोस्रो दिन असोज ८ गते फाइनान्सियल आस्पेक्ट्स अफ ईभीको वारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्ने छन् । अन्तिम दिन असोज ९ गते पोलिसिज फर प्रमोटिङ ईभीज बिषयमा छलफल हुने छ । यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाड्ने चौतारी हुने नाडाले जनाएको छ ।