केही समय अगाडिसम्म नेपालमा इभीको स्कुटर मात्रै प्रचलनमा थियो । अहिले स्कुटरका अतिरिक्त धेरै ब्रान्डले बाइक पनि ल्याउन थालेका छन् । त्यस्तै नेपालमा बाइक र स्कुटर दुवै ल्याउने ब्रान्ड हो, जोय ई–बाइक । वल्र्ड विजार्ड इनोभेसन एन्ड मोबिलिटी इन्डियाले यो बाइक र स्कुटर उत्पादन तथा बिक्री गरिरहेको छ ।
नेपालमा यो ब्रान्डलाई महावीर अटोमोबाइल्सले ल्याएको छ । अहिले यो ब्रान्डमा उल्फ, ग्लोब, जेनेक्स नानुलगायतका पाँच मोडलका स्कुटर आएका छन् । यी स्कुटरमा १५ सय वाटको मोटर रहेको छ । यसले ७० किलोमिटरदेखि १ सय किलोमिटरको माइलेज दिन्छ । कम्पनीले नेपालमा चार मोडलका बाइकहरु ल्याएको छ । यिनीहरुको पावर ५ हजार किलोवाट रहेको छ । मोटरसाइकलले प्रति फुल चार्ज १ सय किलोमिटरभन्दा बढीको माइलेज दिन्छ ।
नेपालमा अहिले धेरै ब्रान्डका स्कुटरहरुको मूल्य निकै महँगो छ । तर, यो गुणस्तरीय ब्रान्डको मूल्य खासै महँगो छैन । त्यसैले भोलिका दिनमा यो स्कुटरको माग ह्वात्तै बढ्ने देखिन्छ ।