सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सार्वजनिक गरेको एभेनिस स्कुटर आकर्षक र मोडर्न डिजाइन भएको सुजुकी एभेनिस स्कुटर जेनेरेसन जेड अर्थात युवा पुस्तालाई लक्ष्यित गरी ल्याइएको कम्पनीको भनाइ छ । पावर, पर्फमेन्स र स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटरमा एड्भान्स्ड स्पोर्टी स्टाइलिङ, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प, यूएसबी सहितको फ्रन्ट फ्युल बक्स, एक्सटर्नल हिन्ज टाइप फ्युल क्याप, अन्डर सिट स्टोरेज स्पेस र मोटरसाइकल इन्स्पायर्ड रियर इन्डिकेटर आदि उपलब्ध छन् ।
सुजुकीका मोटरसाइकल वा स्कुटर टेक्नोलोजी र स्मुथ पर्फमेन्सलाई ध्यान दिएर बनाइने भएकाले धेरैले रुचाउने गरेको महाप्रबन्धक धिरज भट्टराईको भनाइ छ । यो स्कुटरको मूल्य 2,99,900/- रुपैयाँ निर्धारण गरिएको छ । एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी विएस६ इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।