राइड विथ भ्लगर्स कार्यक्रम सम्पन्न

A & S Events by Genesis Pvt. Ltd. द्धारा पहिलो पटक राइड विथ भ्लगर्स मिट एण्ड ग्रिट कार्यक्रम एक दर्जन भ्लगर्स र टु हिवल टुरिङका एक्सपर्टहरुको सहभागीतामा सम्पन्न भएको छ । बिश्वकै अग्रणी मोटरसाइक्लिङ्ग महासंघ FIM तथा नेपालको मोटरसाइकल मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टु हिवल टुरिङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा नेपाल) संगको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।
बिहान भ्लगर्सहरुसंग अन्तरक्रिया कार्यक्रम पश्चात दिउँसो भ्लगर्सहरु र अफिसियलहरु काठमाडौँदेखि चित्लाङ राइड गरेको थिए । राइडको Photography, Videography तथा Documentary समेत बनाइको छ । साँझको मिट एण्ड ग्रिट कार्यक्रममा भ्लगर्सहरुले आफ्नो Youtube journey, Vlogging को अनुभव व्यक्त गरेको थिए ।
यसै अवसरमा नासा नेपालद्वारा पर्यटन बोर्डको सहयोगमा प्रकाशित Two wheel Touring In Nepal Manual book को सार्वजनिक समेत गरिएको थियो । यस म्यानुअल प्रकाशन गर्न महत्वपूर्ण भूमिका खेलेका नासाका भेट्रान राइडर प्रमोद श्रेष्ठ “गुफि” र नासा नेपालका सचिव सन्तोष न्यौपानले सो किताबको सार्वजनिकरण गरेका थिए ।
नेपालमा सोसियल मिडियाको लोकप्रियता र प्रभाबकारिता बढिरहेको अवस्थामा यस प्रकारको राइडले टु हिवल टुरिङ र मोटरसाइक्ल्ङ्गि तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुर्रिक्षत, ब्यबस्थित तथा थप लोकप्रिय बनाउन मदत पुगेका आयोजकले जानकारी दिएका थिए ।
नासा नेपालका सदस्य तथा मोटर स्पोटस् नेपालका संयोजक विनोद तण्डुकार, नेपालको लागी विमा नेपालकी संयोजक सुनिता देसार लगायतको सहभागीता रहेको सो कार्यक्रममा जाबा मोटरसाइकल र खल्तीको प्रायोजन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *