टाटा अल्ट्रोजको नयाँ मोडल लन्च गर्ने तयारी

टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक कार टाटा अल्ट्रोजको नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो नयाँ मोडलको परीक्षण पनि सुरु गरेको छ । सो अपडेट गरिएको मोडल इलेक्ट्रिक हो वा सीएनजी भर्सन हो भन्ने जानकारी सार्वजनिक भएको छैन ।

नयाँ मोडलमा मोनोटोन अलोय ह्विल देख्न सकिन्छ भने पुरानो मोडलमा ड्युअल टोन अलोय ह्विल समावेश गरिएको छ । यो कार कम्पनीले सन् २०२० मा एक्सई, एक्सएम, एक्सटी, एक्सजेड र एक्सजेड ओ गरी ५ वटा ट्रिममा लन्च गरेको थियो । कम्पनीले नयाँ अल्ट्रोज २०२३ मा लन्च गर्ने सम्भावना रहेको छ ।

हाल बजारमा टाटाको प्रिमियम ह्याचब्याक १.२ लिटर, ३–सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल, १.२ लिटर आई टर्बाे र १.५ लिटर, ४ सिलिन्डर टर्बाे डिजल इन्जिनको रुपमा उपलब्ध छ । नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनले १८.५३ किमि प्रति लिटर र आई टर्बाे इन्जिनले १८.१३ किमि प्रति लिटरको माइलेज दिन्छ । टाटाले केही समय यता अल्ट्रोज सीएनजीको पनि परीक्षण गरिरहेको छ । टाटा अल्ट्रोज ईभी ह्याचब्याक २०२२ अटो एक्सपोमा पेस गरिएको थियो । सो मोडलमा क्लोज्ड अफ–ग्रिल, अपडेटेड फ्रन्ट र रियर बम्पर, स्टार प्याटर्नको साथमा फ्रन्ट एयर ड्याम, ब्लु हाइलाइटसहित नयाँ डिजाइन गरिएको अलोय ह्विल र ब्ल्याक–आउट टेलगेट जस्ता फिचर समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *