रोयल इनफिल्ड वान राईड सम्पन्न

बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड-२०२२ कार्यक्रम संम्पन्न गरेको छ ।रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुनुभएको थियो । यसपटक पनि वान राईड बिश्वभर एकैदिन आयोजना गरिएको थियो, यसपटकको राइडको नारा : One World | One Mission | One Ride रहेको थियो ।

वान राईड २०२२ कार्यक्रम कमलपोखरी सिटी सेन्टरबाट सुरु भएर चित्लाङ पुगेर बेलुका ६बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सडकसुरक्षाका बारेमा जनचेतना सहभागीहरु दिइएको थियो । नेपालमा काठमाडौं लगायत अल्फा अटोमटिभका डिलरहरु बुलेटट्रेडर्स- पोखरा, यतिअटोमोबिलस् – चितवन,  रोयलमोटोर्स – इटहरी र गैरेप्रतिष्ठान – वुटवल गरि ५ शहरमा सम्पन्न भएको थियो ।

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वानराइडको उद्धेश्य अनुसार चित्लाङमा रहेको श्री कालिदेवी आधारभुत विद्यालयका सबै विद्यार्थी भाइबहिनीहरुलाई स्कुल ब्याग वितरण गरिएको थियो । व्याग हस्तान्तरण कार्यक्रममा चित्लाङका वडा अध्यक्ष, बिद्यालयका प्रधनाधापक, चित्लाङका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधी, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारी समेत सहभागी हुनुभएको थियो ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक-३५० तथा मेटीअर-३५० मोटरसाइकलका साथै ५०भन्दा धेरै सहभागी भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *