सुजुकी पर्वोत्सव अफर

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने छन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर्, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको बताएको छ । यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *