बुटवल अटाेमा बिश्बकर्मा पुजा

बिश्वकर्मा पुजाको अवसरमा बुटवल अटो ईन्जिनियरीङ एसोसिएसन मैनाबगर बुटवलमा बिश्वकर्मा बाबाको मन्दिरमा पुजाआजा र भजन कृतन गरेर धुमधामले मनाएको छ । ६ सय बढि अटो ब्यवसायी रहेको नेपालकै नमुना मानिएको बुटवल अटो भिलेजमा ब्यवसायी आफैले यो बिश्वकर्मा मन्दिर स्थापना गरेका हुन । सधैं यही जम्मा भएर अटो ब्यवसायीहरुले बिश्वकर्मा वाबाको पुजा गर्ने गर्छन् ।
हिजोआज निर्माण कार्य गर्न सिपालु दक्ष व्यक्तिलाई इन्जिनियर भनिन्छ, तिनै इन्जिनियरहरूका कर्म पिता हुन् विश्वकर्मा । सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, डिजाइन इन्जिनियर यस्तै यस्तै जो इन्जिनियर अर्थात् निर्माण कार्यका पक्षहरू छन् ती सबैका समष्टि रूप मानिन्छ ।
विश्वकर्मा बाबा कर्ममा विश्वास गरी अहोरात्र खटिने श्रमिकहरूका पर्याय हुन् ।
बुटवल अटो ईन्जिनियरिङ एशाेिसयसनद्वारा शनिवार आयोजित बिश्वकर्मा बाबा पुजा महोत्सव कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रशासकिय अधिकृत टेकराज पन्थिले बिश्वकर्मा बाबाको महत्ववारे प्रकाश पार्दै अटो भिलेजको विकासमा नगरपालिकाले ध्यान दिने वताए ।
बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुल्सिराम न्यौपानेले अटो भिलेजमा रहेको बिश्वकर्मा मन्दिर अटो क्षेत्रमै ठुलो रहेको बताउँदै अटो भिलेजमा अब ईन्जिनियरिङ कलेज स्थापना गर्ने अवधारणाका साथ अगाडि बढेको वताए ।
नेपाल अटो मेकानिक्स ब्यवसाियक महासंघका केन्द्रिय अध्यक्ष जनार्दन गरैले यो बिश्वकर्मा बाबाको मन्दिर अटो ब्यवसायीहरु आफैले निर्माण गरेकोले पनि ठुलो महत्व र आस्था रहेको चर्चा गरे । बिश्वकर्मा पुजाका दिन असोज १ गते विश्वकर्मा मन्दिरमा जाने पूजा अर्चना गर्ने प्रचलन छ । साथै घरमा भएका धातुबाट बनेका सामग्रीहरूलाई नै साक्षात् भगवान सम्झेर पूजा गर्ने परम्परा पनि छ । सवारी साधन हुनेहरूले गाडी पूजा गर्ने, ध्वजा बाँध्ने गर्दछन् । पितृ पक्ष परे पनि आज रातो फुल, अक्षता भगवानलाई चढाउने र आफूले लगाउने गरिन्छ । यसो गर्नाले सवारी साधनहरुको दुर्घटनाबाट वचिने मान्यता छ ।
कार्यक्रममा वडा अध्यक्ष शिवराना, नरेन्द्र बस्नेत सुनिल शाक्य, अटोका निवर्तमान अध्यक्ष बाबुलाल पाण्डे, भुतपुर्व अध्यक्ष प्रेम फौदार, बिश्वराज गैरे, महासचिव धुर्बराज भुषाल, प्रेस सल्लाहकार दामोदर खनाल, केन्द्रीय सदस्य बाबुराम आचार्य कार्यक्रम संयोजक शिसुमाया मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *