ग्लोरी आई–अटोमा ६ लाख छुट

डिएफएसके गाडीको नेपालका लागि आधिकारीक वितरक कुजु नेपाल प्रालिले ग्लोरी आई–अटोको खरिदमा ६ लाख रुपैयाँ नगद छुट दिने भएको छ । ९३ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको यो ७ सिटर एसयूभीलाई ग्राहकले छुट सहितको सुविधामा ८७ लाख रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

२ वर्षअघि नेपाल भित्रिएको यो एसयूभीको मूल्य तत्कालिन समयमा ८९ लाख ५० हजार कायम गरिएको थियो । पछि मूल्य समायोजन हुँदै जाने क्रममा हाल यसको मूल्य ९३ लाख रुपैयाँ पुगेको हो । यो अफर सिमित समय अबधीका लागी मात्र लागु गरिएको कम्पनीले बताएको छ । नगद छुटको अतिरिक्त ग्राहकले एक वर्षको रोड ट्याक्स समेत निशुल्क पाउनेछन् ।

१.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन जडान गरिएृको यो एसयूभीको अधिकतम पावर १५० पीएस र टर्क २२० एनएम रहेको छ । यसमा ६ स्पिड सिभिटी ट्रान्समिसन दिइएको छ । इन्टेलीजेन्ट एसयूभीका रुपमा समेत परिचित यो एसयूभीमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई १ सय भन्दा बढी कार्य गराउन सकिन्छ ।

यो एसयूभीको एक्सटेरियरमा १८ इन्चको अलोय ह्वील, अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइट, दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ जस्ता फिचर्स दिइएको छ । किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर समेत सामेल गराइएको छ ।

ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबिएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले गाडीलाई सुरक्षित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *