नायक सरोज खनालको रोजाइमा टाटाको नेक्सन इभी परेको छ । सरोज खनालले अमेरिकाबाट फर्केपछी सुजुकी सेलेरियो चढ्दै आउनु भएको थियो । तर पेट्रोलको मुल्य बढ्दै गएको र नेपालमा बिजुली खेर जाने अबस्था भएकोले उनले इभी चढ्ने निर्णय गरेका थिए । छायाँकार गौरीशंकर धोंन्जुले दिगो इभी चढेपछी सरोज खनालले पनि इभी चढ्ने योजना बनाउनु भएको थियो । उहाँले सरोज खनाललाई इभीको दैनिक खर्च कम हुने जानकारी दिनु भएको थियो । सरोज खनालले सुरुमा इभीको अध्ययन गर्दा धेरैको ग्राउण्ड क्लियरेन्स कम भएको पाउनु भयो । नेक्सन इभीको ग्राउण्ड क्लियरेन्स २०९ एमएम भएपछी उहाँले त्यसको अध्ययन सुरु गर्नु भयो । यो गाडी सेफ्टी रेटिङमा पनि ५ स्टार भएको कारण सरोज खनालले गाडी किन्ने निर्णय गरेर असार महिनामा बुकिङ गर्नुभयो । कम्पनीले उहाँ सेलिब्रेटी भएको कारण एक महिनामै गाडी दियो । गाडीको माइलेज र पर्फमेन्स निकै राम्रो भएको खनालले जनाउनु भएको छ ।