ध्रुव थापा, अध्यक्ष – नाडा
(नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल)
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ईभी एक्स्पोमा वातावरण मन्त्रालयले सहयोग नगरेको आयोजकले जनाएको छ । नाडा अध्यक्ष अध्यक्ष ध्रुव थापाले आयोजित पत्रकार सम्मेलनमा वातावरण मन्त्रालयले ईभी एक्स्पोमा कुनै किसिमको चासो नदेखाएको बताए ।
‘विद्युतीय गाडीको प्रयोग बढाउनुको पहिलो उद्देश्य नै वातावरणमैत्री भएकाले हो । विश्व जलवायू परिवर्तनको चपेटामा परिरहेको समयमा चर्चामा रहेको ईभी सम्बन्धी नेपाल मै पहिलो एक्स्पो आयोजना गर्दा मन्त्रालय र मन्त्री ज्यूको सहयोग नपाउँदा मलाई आश्चर्य लागेको छ’, नाडा अध्यक्ष थापाले भने ।
सरकारले ईभीको विकास र विस्तारमा प्रतिबद्धता जनाउदै नीतिगत स्थिरता दिने हो भने नेपालमा नै विद्युतीय सवारीसाधन उत्पादनमा निजी क्षेत्रले लगानी गर्ने थापाको भनाई थियो ।
ईभी अटो एक्स्पो मेलामा ५१ वटा स्टल रहने जानकारी दिए । उनका अनुसार ७ वटा फोर ह्वीलर, एउटा थ्री ह्वीलर, १६ वटा टु ह्वीलर र २६ वटा विभिन्न कम्पोनेन्टका स्टल रहने छन् ।
नाडाले अटो एक्स्पो अवलोकन गर्न चाहने जो कोहीले ५ दिन भित्र खल्ती मार्फत टिकट बुकिङ गर्दा ५० रुपैयाँ डिस्काउन्ट पाइने जानकारी दिएको छ । ५ दिन भित्रै खल्तीबाट टिकट काट्नेले १५० रुपैयाँ तिर्दा पुग्छ भने त्यसपछि टिकट काट्नेले २०० रुपैयाँ तिर्नु पर्ने छ ।