TEEJ ON THE WALL : खेल, पर्यटन र महिला सशक्तिकरणको नयाँ आयाम

केहि वर्ष अगाडीसम्म आक्कल झुक्कल हुने क्लाईम्बिङका कार्यक्रम हाल विभिन्न अभियान, खेल र पर्यटनका नाममा राष्ट्रव्यापी र लोकप्रिय तथा नियमित बन्दै गएका छन् । यसै सन्दर्भमा, Teej On The Wall 2079 को सप्ताहव्यापी अभियान अन्र्तगतको कार्यक्रम नेपाल प्रहरीको महिला टिम बिचमा संचालन गरियो ।
ललितपुर जिल्ला प्रहरी कार्यालय अन्र्तगतका २१ जना सहभागी कार्यक्रमको शुभारम्भ माउण्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष गोविन्द भट्टराईले गर्नुभयो । सो कार्यक्रममा भट्टराईले नेपाली महिला शसक्तिकरणको लागि खेल र पर्यटन एक मुख्य आधार हो भन्दै महासंघ यसमा सक्रिय हुने बताउनुभयो ।
एडभेन्चर स्पोर्टस एकेडेमी ललितपुरद्धारा आयोजित सो फेस्टिभल पासाङ ल्हामु वालक्लाईम्बिङ सेन्टर धुम्बाराहीमा सञ्चालन भईरहेको छ । एकेडेमीका अध्यक्ष् ातथा सगरमाथा आरोही कल्पना महर्जन, पर्वतारोही तथा क्लाईम्बिङ सेन्टरका संचालक माया गुरुङ, पर्यटन अभियानकर्मी रविन्द्र महर्जन लगायतले वाल क्लाईम्बिङ, खेल र पर्यटनका विषयमा तालिम दिई रहनु भएको छ ।
यस अघि प्रिस्कुल संचालक महिलाहरु, राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी महिलाहरुले समेत यसै कार्यक्रम अन्र्तगत तालिम लिईसकेका छन् । सगरमाथा आरोही संचारकर्मी कल्पना महर्जन हाल क्लाईम्बिङ मार्फत बालविवाह रोकथामको अभियानमा छन् भने किर्तीमानी आरोही माया गुरुङ, समाजसेवा राजनीति र खेल अधिकारीको रुपमा सक्रिय छिन् ।
परम्परागत, साहसिक र पर्यटकीय खेल संघ संस्था, क्लब तथा ईभेन्टहरु आवद्ध माउन्टेन स्पोर्टस फेडेरेशन नेपालका दर्जनौं खेलमध्ये स्पोर्टस क्लाईम्बिङ एक महत्वपूर्ण खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *