टीभीएस फुटसलको उपाधि ओएमजी बाबासलाई

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको डिलर युनिराइड एन्ड रेस अटोको आयोजनामा टीभीएस फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न भएको छ ।
पहिलो पटक आयोजना गरिएको सो फुटसल कलेज र कर्पोरेट गरी २० टिमको सहभागिता रहेको प्रतियोगिताका उद्घाटन टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिका सीईओ दीपक अग्रवालले गरेका थिए ।

२० टिम बीच सम्पन्न प्रतियोगितामार्फत ओएमजी बाबाजले फाइनलमा विनायक सिद्धिलाई हराएर विजेता बनेको हो । विजेताले ओएमजी बाबाजले ५० हजार र उपविजेता विनायक सिद्धिले २५ हजार नगद पुरस्कार पाएका छन् । सो फुटसल प्रतियोगिताका विजेताहरुलाई युनिराइड एन्ड रेस अटोका सञ्चालक निर्मल सिग्देलले पुरस्कार हस्तान्तरण गरे ।
विजेताहरुलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । साथै विजेताले विभिन्न संस्थाहरुबाट पुरस्कार तथा छात्रवृत्ति पाउने सिग्देलले बताए ।

युनि राइडले स्थापनाकालदेखि नै कार्यक्रम तथा संस्थाको विधान अन्तर्गत महिला, बालबालिका तथा युवाहरुलाई लक्षित गरि बेलाबेला विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
सोही कार्यक्रम अन्तर्गत युवालाई खेलकुदमा आकर्षित गर्न र दुर्व्यसनबाट बचाउनका लागि फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताका विजेता खेलाडीले विभिन्न संस्थाबाट पुरस्कार र छात्रवृत्ति पाउने युनि राइड एण्ड रेस अटोका सञ्चालक निर्मल सिग्देलले जनकारी दिएका छन् ।
युनिराइड संस्थाले स्थापनाकालदेखि महिला, बालबालिका र युवा लक्षित सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *