हिरोको नयाँ सुपर स्प्लेन्डर बजारमा

विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको छ ।

यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्दछ भने यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको छ । यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा २ लाख ६६ हजार को आकर्षक मूल्यमा उपलब्ध हुनेछ ।

नेपाल हिरोका लागि एक प्रमुख बजार हो । आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ््नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ भने आफ्ना  ग्राहकहरूलाई वर्ग–अग्रणी कार्यसम्पादन प्रदर्शन (पर्फमेन्स), सुविधाहरू र शैली प्रदान गर्दै आएको छ ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाई आफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो । यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेटसहित २६६ भन्दा बढी सम्पर्क स्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सट्रीम २०० आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन् ।

हीरो सुपर स्प्लेन्डरका उत्पादन हाइलाइटहरू

स्मार्ट टेक्नोलोजी
सुपर स्प्लेन्डरको साथ सवारी चालक (राइडर)लेसवारी र कनेक्टिभिटीको कार्यहरू पहुँच छिटो र छरितोरूपमा प्राप्त गर्न सक्दछ । इन्टिग्रेटेड यूएसबी चार्जिङ पोर्टका साथै डिजी–एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ्युल इन्डिकेटर पनि उपलब्ध गराउँछ ।

इन्जिन
नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले ७ हजार ५ सय आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ । साथै ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ । इन्जिनमा एडभान्स प्रोग्राम्ड फ््युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ, जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालन (राइड)को सेवा प्रदान गर्दछ । यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ ।

सुरक्षा
चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड–स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड–स्ट्यान्ड इन्जिन कट–अफ’ रहेको छ । यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङको लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) को विकल्प पनि रहेको छ ।

समतुल्य रङ
सुपर स्प्लेन्डर ग्लेज ब्ल्याक, नेक्सस ब्लु, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रंगमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *