सत्यदीप इन्टरनेसनलको मुख्य गोदाममा आगलागी

नेपालको स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदीप इन्टरनेसनल प्रालि, धोबिघाटको मुख्य गोदाममा आगलागी भएको छ ।

हिजो राती नजिकैंको काठ गोदाममा भएको आगलागी सल्किदैं जाँदा राति करिब १ बजे स्टाफहरुबाट आफुले जानकारी पाएको सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले बताए । अहिले हामी सबैं मिली क्षति नभएको स्पेयर पार्टस्हरु केलाउँदैं छौं । उक्त आगलागीबाट कति क्षति भएको यकिन विवरण भने नआएको पनि उनले बताए ।

सत्यदीप इन्टरनेसनलले बजारमा लोकप्रिय बनिरहेको  DID, FIEM, DIVYOL, BOSCH, i – SPARES, KAGE, MAKINO, REMSONS, MAVOX Helmet लगायतका स्पेयर पार्ट्सहरुको कारोबार निकैं लामो समयदेखी गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *