मोटरहेडको ४ को चमत्कार अफर सार्वजनिक

नेपालका लागि मोटरहेड ब्राण्डका आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले भदौ १९ गतेदेखि १५ कार्तिकसम्म लागू हुने गरी आफ्नो ४ को चमत्कार, बाइक पनि बचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्राण्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्डमार्फत ७ हजार ९ सयदेखि १ लाख जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।
यसका साथै टेकन 250 पुरानो मोडलको खरिद जुनसुकै माध्यमबाट गर्दा सिधै २५ हजार छुटको व्यवस्था गरेको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो Pose & Post Campaign अन्तर्गत शोरुममा फोटो खिची लाइक र सेयर गरि हरेक हप्ता एक जनाले आकर्षक उपहारसमेत पाउने व्यवस्था गरेको छ ।
मोटरहेडको हाल Tekken 250, Tekken R 250 upgraded, Sports-250 Road, Sports 250 Offroad, MH-150, MH-200X, X-Torque र Scrambler गरि ८ मोडलका बाइकहरु ३ लाख १० हजारदेखि ४ लाख ९५ हजारसम्म बिक्री गर्दै आएको छ ।
कम्पनीको उपत्यकामा मित्रपार्क, टेकु, बालाजु, धोबिघाट र सल्लाघारी भक्तपुर गरि ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती, बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरि १० स्थानमा डिलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *