बुलेट बाइकर्स जोनको आयोजनामा बन्दीपुर हेरिटेज राइड शुक्रबार चितवनबाट बन्दीपुर पुगी फेरि चितवन आएर सम्पन्न भएको छ ।
सो अवसरमा २२ रोयल इन्फिल्ड बाइक र ३४ जनाको सहभागिता रहेको थियो । सो दिन चितवनमा परेको अविरल वर्षा र नारायणघाट–मुग्लिन सडकमा भएको अवरोधका बीच पनि राइडरहरु उत्साहपूर्वक राइड कार्यक्रममा सहभागी भएका थिए ।
राइडरहरुलाई बन्दीपुर रेवानको तर्फबाट आकर्षक खादा लगाइनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यमबाट बन्दीपुरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बुलेट बाइकर्स जोनका प्रोप्राइटर सरोज श्रेष्ठले बताए । आगामी दिनमा समेत रेवान बन्दीपुरसँग मिलेर थप कार्यक्रमको आयोजना गर्ने आयोजकको भनाइ छ ।
कार्यक्रमको मुख्य सहयोगीको रुपमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ र एचपी लुब्रिकेन्ट रहेका थिए ।