- पियुष गजुरेल, रेसर
मैले हिरोको एक्स पल्स पहिले पनि कुदाएको थिए । तर त्यो पुरानो मोडल थियो । अहिलेको मोडल पहिलाको भन्दा निकै पावरफुल फिल भयो । यो वाइक २ वा ३ गियरमा पनि सजिलै उकालो तान्दो रहेछ । यो वाइकमा एडभेन्चर टुरिङ गर्न एकदमै रमाइलो लाग्दो रहेछ, किनभने यो वाइकमा बस्ने पोजिसन आरामदायी र सिधा छ, जसले गर्दा अफ रोडमा चलाउँदा पनि जिउ गल्दो रहेनछ ।
यसको अर्को मन परेको कुरा भनेको यसको ब्रेकिङ सिस्टम हो । जसमा एविएस सिस्टम छ । वाइक रोक्दा र कुदाउँदा सस्पेन्सन प्ले भएको फिल हुन्छ । जुन चाही अफरोडमा अलि धेरै आउँछ । मैले यो वाइक डाँडातिर अफरोडमा कुदाँए । त्यहाँ सल्लाको सुकेको सल्लिभिरमा हल्का वाइक चिप्लीयो, तर अरु कुनै पनि बाटोमा त्यस्तो भएन । बालुवा भएको स्थानमा पनि लिएर गए तर बालुवामा वाइक कन्ट्रोलमै थियो । बालुवामा चलाउँदा खासै फरक नपर्दो रहेछ । चिप्लो बाटोमा पनि वाइक कन्ट्रोल गर्न समस्या भएन ।
यसमा राम्रो सस्पेन्सन प्रयोग भएकोले बाइक स्टण्ड गरेर उडाउँदा पनि समस्या नहुँदो रहेछ । यसको अर्को मन परेको कुरा भनेको दिनभरी वाइक चलाउँदा पनि एक लाइन मात्रै पेट्रोल घटेको थियो ।
अफरोड र डाँडामा पुरै स्पिडमा वाइक चलाउँदा पनि इन्जिन तातेको थिएन र अनावश्यक भाइब्रेसन पनि थिएन । यसमा इएफआई फ्यूल इन्जेक्सन सिस्टम भएकाले यसले राम्रो माइलेज दिएको थियो । मोटरसाइकलको एलसिडी डिस्प्लेमा स्पिड, एभरेज माइलेज, गियर, ब्लुटुथ, फ्युल जस्ता सुचनाहरु प्राप्त हुने भएकोले यो वाइक चलाउँदा ढुक्क भएर चलाउन सकिन्छ ।
मैले चलाएको वाइक स्पोर्ट रेड कलरको थियो । यसको ग्राफिक्स पनि निकै आर्कषक थियो । बाइक स्पिडमा चलाउँदा पनि बत्तिदैन । अगाडी भएको भाइजरले गर्दा एड्भेन्चर भाइव फिल हुन्छ । वाइक उठेर चलाउँदा अगाडीको भाइजरले केही हदसम्म सुरक्षित महसुस गराउँछ । यो वाइकको टेष्ट ड्राइभ गरेर फर्किने क्रममा म पछाडी बसेर आँए । मलाई पछाडी बस्दा पनि निकै आरामदायी महसुस भयो ।