नेपालमा विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलोपटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरहरूका लागि डिजाइन गरिएको हो ।
इओ चार्जिङ (EO) ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारीसाधनको प्राविधिकरुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले ईभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । ईओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।
ईओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमाजोन, डीएचएल र टेस्को जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ । यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा ईओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो ।
ईओ मिनीमा इन्टेग्रल 6mA DC को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ । यसलाई बिना कुनै टाइप बीआरसीडी नियन्त्रण गर्न सकिन्छ । ईओ मिनी घरको पावर इनपुट जडानको आधारमा 6 amp देखि 32 amp सम्म समायोजन गर्न सकिन्छ । बजारमा सबैभन्दा सानो EO 175MM X 125MM X 95MM मा उपलब्द छ ।

ईआ मिनीका अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक 7.2KW सम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ भने, यसको मूल्य ८५ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *