नेपालमा आइमाका इलेक्ट्रिक स्कुटर

चीनको नम्बर वान ईभी ब्रान्ड दाबी गर्ने आइमाले काठमाडौंको त्रिपुरेश्वरमा पहिलो शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आइमाको आधिकारिक वितरकको रुपमा हिमाल ईभी मोटर्स प्रालिले उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।
एक समारोहका बीच प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठले उक्त शोरुम उद्घाटन गरे । सो अवसरमा मन्त्री श्रेष्ठले अबको बजार इलेक्ट्रिक सवारीको भएको बताउदै सशक्त विशेषता र उपयुक्त डिजाइन भएकोले सो स्कुटर नेपाली बजारका लागि राम्रो हुने धारणा व्यक्त गरे ।
हिमाल ईभी मोटर्सका सञ्चालक तथा आईटी इन्जिनियर गौरव गौरव बजाजले विद्युतीय स्कुटरमा प्रिमियम ब्रान्ड भित्र्याउन आफूहरु सफल भएको बताए । उनले नेपालभर सो स्कुटर बिक्री–वितरण गर्ने र आगामी दिनमा एसेम्बल प्लान्ट समेत स्थापना गर्ने लक्ष्य रहेको बताए ।
कम्पनीले नेपाली बजारमा ४ वटा मोडल उपलब्ध गराएको छ । यी मध्ये एक्स६१२ ईईसीको मूल्य ५ लाख १५ हजार, एक्स६११ ईईसीको मूल्य ४ लाख ५८ हजार, टाइगर एस५ को मूल्य १ लाख ८४ हजार र माइन प्लसको मूल्य २ लाख ७४ हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *