नाडा इभि एक्स्पो असोज ६ गते

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले यही असोज ६ गतेदेखि ९ सम्म नेपालमा पहिलो पटक ”सिएट द्वारा प्रायोजित नाडा इभि एक्स्पो २०२२” आयोजना गर्ने भएको छ ।

नाडा इभी अटो सोका सभापति अनुप कुमार बरालले विद्युतीय सवारीमा इभी अटो सोले थप आकर्षण बढाउने बताएका छन् ।काठमाडौंको भृकुटी मण्डप पर्दशनी स्थलमा आयोजना हुने उक्त एक्स्पो नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने यूएसएआईडी क्लिन एअरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीनदिने सूचनामुलक गोष्ठीको सञ्चालन गर्ने भएको छ । उक्त एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सह प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । साथै डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापनमा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

विद्युतीय सवारी साधानको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधानहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादिन जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

नाडा इभि एक्स्पो समितिका अध्यक्ष अनुप कुमार बरालका अनुसार ‘सिएट द्वारा प्रायोजित नाडा इभि एक्स्पो २०२२’ मा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्पोमा ७ वटा ब्राण्डका ४ पाङग्रे , एउटा तीन पाङग्रे , १६ वटा ब्राण्डका दुई पाङग्रे , ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट पुर्जा , ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समष्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने आयोजकले विस्वास लिएको छ । एक्स्पोमा बरुण सुरक्षाका लागि Fire safety support को रुपमा हिटको प्रा.लि. रहेको छ । त्यस्तै, ट्राफिक नियम तथा सडक सुरक्षासम्वन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको सूचना कक्ष समेत प्रदर्शनीमा रहने छ । एक्स्पोलाई व्यवस्थित बनाउन र प्रर्दशनी स्थलमा भिडभाड कम गर्न खल्ती एप मार्फत अनलाई टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको अटो सोका सभापति  बरालले बताए ।

आजदेखि असोज ५ गते सम्मको गग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्यक टिकट खरिदमा खल्ती एपद्वारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ४ दिन सम्मचल्ने उक्त नाडा इभी एक्स्पोमा करिब ४० हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *