रेस अटो प्रालि र नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) को संयुक्त आयोजनामा ललितपुरका बाइक अटो मेकानिक्सहरुलाई भेला गरी जगदम्बा मोटर्स सर्भिसका पदाधिकारीहरुद्धारा निःशुल्क तालिम दिइएको छ ।
उक्त कार्यक्रमका सभापति रेस अटोका संचालक निर्मल सिग्देल, प्रमुख अतिथी नाटुका केन्द्रिय उपाध्यक्ष नारायण पुरी, विशेष अतिथी ललितपुर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिलन सिंह, अटो नेपालका संचालक रोशनकुमार श्रेष्ठ, जगदम्बा मोटर्स सर्भिसका पदाधिकारीहरु, नाटुका केन्द्रिय पदाधिकारीहरु रोशन शाही, दिलपुकार केसी, ललितपुर जिल्ला समन्वय समितीको अध्यक्ष बिराट दुवाडी, उपाध्यक्ष बिमल लामा र सचिब हरि ब. कार्की, ललितपुर महानगरका उपाध्यक्ष प्रेम पटेरा, गोदावरी नगरपालिकाका अध्यक्ष नवराज बजगाई लगायत टिभिएस अपाचेका रेसरहरुको साथैं अटो मेकानिक्सहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी मिलन सिंहले सबैं मिलेर ट्राफिक नियमको पालन गरी दुर्घटना कम गर्न अनुरोध गर्दै, आउने दिनहरुमा ललितपुर उपत्यकामा हातेमालो गर्दै जाने बताए । ट्राफिक प्रहरी जावलाखेलको तर्फबाट सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो ।
नाटुका केन्द्रिय उपाध्यक्ष नारायण पुरीले अब सबैं अटो मेकानिक्सहरु संगठित भएर जानुपर्ने र टिभिएस कम्पनीले सधै निःशुल्क तालिम दिदैं सहयोग गरेकोमा विशेष धन्यवाद दिनुभयो ।
यस्ता निःशुल्क तालिमले अटो मेकानिक्सहरुलाई थप हौसला दिई दक्षता अभिवृद्धि गराउने भएकोले सबै बाइक बिक्रेताहरुलाई तालिमको लागि सहयोग गर्नुपर्ने र युवाहरुलाई स्वदेशमा नैं रोक्न सहयोग पुग्ने अटो नेपालका संचालक रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिराट दुवाडीले अटो मेकानिक्सहरुलाई तालिमको निकैं आवश्यक भएकोले यस्ता निःशुल्क तालिमहरुले आप्mनो पेशामा निकै सजिलो हुने हुँदा सबैलाई सहभागी हुन अनुरोध गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन कम्पनीहरुलाई आग्रह गरे ।
यस्तैं रेस अटोका संचालक निर्मल सिग्देलले छोटो समयमैं सबैंजना उपस्थित भइ कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिदैं यस्ता निःशुल्क तालिमहरु आगामी दिनहरुमा आयोजना गर्ने र स्वदेशमा नैं रोजगारको सृजना गर्ने बताए । उपस्थित सबैं अटो मेकानिक्सहरुलाई मायाको चिनो स्वरुप उपकरण प्रदान गरिएको थियो । सो अवसरमा ७० जनाको उपस्थिति रहेको जनाइएको छ ।