अटो ल्याण्डको जिम्मा नाटुले पाउनुपर्छ

प्रदिप घिमिरे

अध्यक्ष – नाटु, केन्द्रिय कमिटी

सवारीसाधनको वर्कशप लगायत अधिकांश कारोवार एकै ठाउँबाट हुनेगरी सरकारले ल्याएको अटोल्याण्डको अवधारणा अनुसार त्यसको जिम्मा आफुले पाउनुपर्ने नाटुका पदाधिकारीले बताएका छन् ।
निश्चित क्षेत्र तोकेर सबै सवारीसाधनहरुको मर्मत सम्भार, पार्ट्स तथा अन्य सम्बन्धित सरसामानहरु तथा सेवाको एकै ठाउँबाट व्यवसाय हुने गरी अटोल्याण्ड तोकिने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रमा उल्लेख गरेको छ ।
प्रायजसो वर्कशपहरु फोहर र अव्यवस्थित हुँदा गुणस्तरीय काम हुन नसकेको र सवारी दुर्घटनाको जोखिम बढेको हुनाले पनि सरकारले अटोल्याण्डको अवधारण अगाडि सारेको हो ।
नेपाल अटोमेकानिक्स टे«ड युनियन (नाटु) को आयोजनामा ललितपुरको इमाडोलमा शनिबार भएको युवा भेलामा बोल्दै नाटुका केन्द्रिय कमिटीका अध्यक्ष प्रदिप घिमिरेले सवारीसाधन सम्वन्धी काम गर्ने व्यवसायी वा श्रमिकलाई नै यस सम्बन्धी धेरै जानकारी हुने हुनाले पनि यसको कार्यान्वयनका लागि नाटुसँग सरकारले सहकार्य गर्ने वा जिम्मा दिनुपर्ने बताए ।
अहिलेसम्म सवारीसाधन मर्मत गर्ने वर्कशपहरु साँघुरा सटरहरुमा गर्ने कारणले सवारीसाधन मर्मत गर्नका लागि आवश्यक औजार तथा उपकरण राख्ने स्पेसको अभाव, ग्राहक बस्ने उचित व्यवस्था नहुने, मर्मत गर्न ल्याइएका सवारीसाधनहरु सडक किनारमै राखेर मर्मत गरिने लगायत समस्या देखिएकोले अटोल्याण्डको आवश्यकता महसुस गरिएको अध्यक्ष घिमिरेले बताए ।
तर यसको उचित व्यवस्थापन नहुने हो भने बषौंदेखी यहि पेशा गर्दै आइरहेका पेशाकर्मीहरुको पेशा झन सँकटमा पर्न सक्ने भन्दै अध्यक्ष घिमिरेले यसका लागि सरकार वा सरोकारवाला निकायले नाटुसँग सहकार्य गनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *