राजेन्द्र पाण्डे
मुख्यमन्त्री, बागमती प्रदेश
नेपाल अटो मेकानिक्स व्यवसायी संघको २८औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन संस्थाका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सम्पन्न संघको २८औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनबाट दीपेन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघको २८औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहरलाई सफा राख्नका लागि सवारी साधन मर्मत गर्ने वर्कशपहरु एकै स्थानमा राख्नका लागि अटोल्यान्ड आवश्यक हुने र यसका लागि बागमती प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
उनले बुटवलको मैनाबगरस्थित अटो भिलेज स्थापना गर्ने समयमा पनि आफूले महत्वपूर्ण सुझाव दिएको र त्यसलाई कार्यान्वयनमा ल्याइएको स्मरण गर्दै बागमती प्रदेशमा पनि आगामी दिनमा सुविधा सम्पन्न अटोल्यान्ड स्थापना गर्नका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरे । नेपाली अटो मेकानिक्सहरु समेत दक्ष बनेमा मात्र भविष्यमा यो क्षेत्र अझै विकसित हुने र सबैले सम्मान गर्ने वातावरण बन्ने उनले बताए ।