कार्ट्समान्डु सिलालम टुर्नामेन्टमा डिगविजय अधिकारीले बाजी मारे

हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ प्रतियोगिता ‘कार्ट्समान्ड सिलालम’ मा डिगविजय अधिकारीले बाजी मारेका छन् । बिबेश श्रेष्ठ र फेलिक्स भ्यान रिसन क्रमश दोस्रो र तेस्रो भएका छन् ।

विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङकलाल घिसिङ, एफआइए वल्र्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसाले उपाधी र प्रमाण पत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरणसंगै राखेप सदस्य सचिव घिसिङले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोटर्स सन्तोषजनक लयमा रहेको बताउँदै आगामी दिनमा राखपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यसअघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए । फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ, फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

विजयी टोलीलाई सिंगापुरको केएफवान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ । प्रतियोगिताको सुरुवातमा सम्पूर्ण ड्राइभरहरुलाई नासा नेपालका सचिव सन्तोष न्यौपाने र कार्ट्स कोर्डिनेटर आशिष लामिछानेले ओरिएन्टेशन दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *