सिरियाको सरकारी समाचार एजेन्सी सानाले सशस्त्र बलका प्रमुखको विज्ञप्तिलाई उद्धृत गर्दै एकाडेमीमा दीक्षान्त समारोह सकिए लगत्तै अपराह्न विस्फोटसहितका ड्रोन प्रहार भएको जनाएको छ ।
त्यस्तै, स्वास्थ्यमन्त्री हसन अल–गाबसलाई उद्धृत गर्दै आक्रमणमा २ सयजना भन्दा बढी रहेको र मारिनेमा ६ जना महिला र ६ जना बालबालिकासमेत रहेको जानकारी दिइएको छ ।