टाटा पन्च ईभी नेपाल आउने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पेट्रोलियम भर्सनको पन्च नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको थियो।

भारतमा चाडपर्वको सिजनमा पन्च ईभी सार्वजनिक हुने र त्यसलगत्तै नेपाली बजारमा आउने छ।

हाल नेपाली बजारमा टाटाको नेक्सन ईभी तथा टिगोर ईभी बिक्री हुँदै आएको छ।

नाडा अटो शोमा सार्वजनिक भएसँगै टियागो ईभी पनि बिक्री भइरहेको छ।

ह्याचब्याक सेगमेन्टमा तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा आएको टियागो ईभी ६ सयभन्दा बढी बुकिङ भइसकेको कम्पनीको भनाइ छ।

त्यस्तै नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी बनेको छ।

सिप्रदीले विद्युतीय ट्याक्सीसमेत टाटा एक्सप्रस टी उपलब्ध गराइरहेको छ।

योसँगै कम्पनीले अघिल्लो साता कमर्सियल सेगमेन्टमा पनि विद्युतीय सवारी नेपाली बजारमा ल्याएको हो।

टाटा एस ईभी नेपाली बजारमा बिक्री सुरु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *