विश्वमा विद्युतीय सवारीको वर्तमान अवस्था

विश्वभर सबैभन्दा बढी विद्युतीय सवारी उत्पादन गर्ने देश हो चीन । विश्वमा उत्पादन हुने विद्युतीय सवारीको ५७.४ प्रतिशत उत्पादन चीनमा हुने गर्दछ ।

सन् २०२१ मा लगभग पाँच लाखवटा विद्युतीय सवारी निर्यात चीनबाट भएको थियो । अर्कोतर्फ भारतीय अटोमोबाइल उद्योग संसारको पाँचौँ ठुलो हो ।

सन् २०३० सम्ममा यो कम्पनी विश्वभर तेस्रो ठुलो बन्ने होडमा छ । भारत ऊर्जा भण्डारण गठबन्धन (आईईएसए) का अनुसार भारतीय विद्युतीय सवारी बजार ३६ प्रतिशत विकास हुनेछ ।

बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न परम्परागत ऊर्जामा निर्भर रहनु उपयुक्त विकल्प होइन । भारत अहिले  आफ्नो उपभोगको ८० प्रतिशतभन्दा बढी कच्चा तेल आयात गर्छ ।

भारतले गत आर्थिक वर्ष २०२२–२३ मा ११ अर्ब ८३ करोड मूल्य बराबरका ४,०५० यात्रुवाहक सवारीसाधन खरिद गरेको थियो भने अघिल्लो आर्थिक वर्ष २०२१–२२ मा १,८०७ सवारी साधन मात्र आयात गरेको थियो ।

यो तथ्याङ्कले यात्रुवाहक विद्युतीय सवारी साधन आयातमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०२०–२१ मा विद्युतीय आयातको आँकडा आर्थिक वर्ष २०२१–२२ को तुलनामा १२४.१२ प्रतिशतले बढेको देखाएको छ ।

भारतीय विद्युतीय सवारीको बजार २०२१ मा १४३४.०४ मिलियन अमेरिकी डलर थियो ।

यो पूर्वानुमान अवधि (२०२२–२०२७) मा ४७.०९ प्रतिशत, २०२७ सम्म  १५३९७.१९ मिलियन अमेरिकी डलर बढ्ने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको अटोमोबाइल आयातको तथ्याङ्कले देशमा ईभीको लोकप्रियता र सम्भावनालाई जोड दिँदै यात्रुवाहक सवारीको बिक्रीमा ५० प्रतिशत ईभीको योगदान रहेको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *