वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिपेक्षमा सामान्यतया बजारमा विद्युतीय स्कुटर भन्ने वित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई गुणस्तरीय स्कुटरले पक्कै पनि परिवर्तन गर्नेछ ।
पछिल्लो पटक नेपाल भित्र्याईएका स्कुटरहरु निक्कै बलिया र आकर्षण छन् ।
यी इभी स्कुटर सुरक्षित र कारवाहीमा नपर्ने हुँदा अहिले सर्वसाधारणहरु यसप्रति आर्कषित भएका छन् ।
राजधानी लगायतका क्षेत्रहरुमा अहिले व्यापक रुपमा ट्राफिक चेकिङ भैरहेको छ, जसमा सवारी साधनहरुको गति मुख्य रहेको छ ।
इभी स्कुटरहरुको गति पनि सिमित भएकोले कारवाहीमा नपर्ने र दुर्घटना हुने सम्भावना निकैं कम हुन्छ र वातावरण समेत निकैं राम्रो हुन्छ ।