धनगढीमा ट्राफिक सचेतना कार्यक्रम

ट्राफिक नियमको पालना प्रोत्साहन गर्ने उद्देश्यले आइतबार धनगढीमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरीका डिआइजीदेखि प्रदेश मन्त्रीसम्म सहभागी भएका छन्।

धनगढी उपमहानगरपालिका- ५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा समिति कैलालीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सहकार्यमा सचेतना कार्यक्रम आयोजना भएको हो।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी प्रमुख अतिथि थिए।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख एसपी नेत्रमणि गिरीसमेत कार्यक्रममा अतिथि थिए।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पाल, मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्रराज पन्त तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीलगायत उपस्थित भएर ट्राफिक नियम पालनाका लागि आह्वान भएको थियो।

तारानगरदेखि धनगढी ट्राफिक चौराहासम्म ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड बोकेर र्‍याली भएको थियो।

यस्तै, ट्राफिक सचेतनासम्बन्धी पर्चा पम्पलेट वितरण गरी सचेतना फैलाइएको थियो।

ट्राफिक नियम पालना गराई दुर्घटना न्यूनीकरणका लागि सो कार्यक्रम आयोजना गरिएको इन्सपेक्टर जोहारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *