सरकारले विकास बजेट खर्च गर्न सकेन

सरकारले विकास बजेट खर्च गर्न सकेको छैन,’ सिप्रदीका सिइओ श्रेष्ठले भने, ‘टिपर र ट्रकको प्रयोग निर्माण र खानी क्षेत्रमा बढी हुने हो, तर पछिल्लो समय निर्माण क्षेत्र सुस्त छ, सिमेन्ट र डन्डी बिक्री हुनै छाडिसक्यो, यस्तो अवस्थामा गाडी बिक्री हुने कुरै भएन ।’

भन्सारसम्म आइपुगेका गाडी जाँचपास गरेर ल्याउन आयातकर्ता कम्पनीले भन्सार महसुल तिर्नुपर्ने हुन्छ । तर, अहिले बिक्री ठप्प हुँदा भन्सार तिरेर गाडी ल्याउने अवस्था नरहेको व्यवसायीहरू बताउँछन् ।

गाडी खरिद गर्ने ग्राहक पाइनै छाडेपछि आयातकर्ताले सवारीसाधन जाँचपास नगरी यार्डमै थन्क्याएका हुन् । यार्डमा पार्किङ गरिएका गाडीहरूले नै बजार मागमा मन्दीले पारेको असर देखाउने वीरगन्जका प्रमुख भन्सार प्रशासक पन्थीले बताए ।

गाडीको भन्सार जाँचपास नहुँदा राजस्व संकलनमा पनि चरम दबाब परिरहेको उनको भनाइ छ । पछिल्लो समय बैंकको चर्को ब्याज र महँगीले आर्थिक गतिविधि सुस्ताएका छन्, जसले गर्दा बजारमा कमी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *