कोभिडदेखिका गाडीहरू जाँचपास हुन सकेन

कोभिडअगाडिदेखिका गाडीहरू जाँचपास हुन नसकेको वीरगन्ज आइसिपी सञ्चालक कम्पनी टिआरएस हिमालयन लोजीपार्कका प्रशासकीय अधिकृत तर्कराज जोशीले बताए ।

वैशाख र १५ जेठसम्म विभिन्न नाकाबाट करिब १४ सय इलेक्ट्रिक कार भन्सार जाँचपास भई भित्रिएका थिए । बजेटमा महँगा विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क घटेपछि टेस्ला, आयोनिक फाइभजस्ता महँगो मूल्यका केही थान विद्युतीय कारहरू भन्सार जाँचपास भएर भित्रिए ।

तर, अर्थतन्त्रमा देखिएको मन्दीका कारण ठूलो संख्यामा गाडीहरू यार्डमै थन्किँदा राजस्व संकलनमा ठूलो असर परेको छ । गाडीको बिक्री ठप्प भएपछि भन्सारमै पार्किङ गरेर राख्नुपरेको टाटा मोटर्सको नेपाली विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका सिइओ राजनबाबु श्रेष्ठले बताए ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगन्ज आइसिपीमा सवारीसाधन जाँचपासबाट १० अर्ब ४७ करोड राजस्व उठेको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा करिब २५ अर्बले कम हो । गत आवको जेठ मसान्तसम्म ३५ अर्ब ४१ करोड राजस्व संकलन भइसकेको थियो । नेपालमा सबैभन्दा बढी राजस्व सवारीसाधन र पेट्रोलियम पदार्थमा उठ्ने गर्छ ।

तर, मन्दीका कारण गाडी र पेट्रोलियम पदार्थको आयात नै घट्दा राजस्व संकलनको लक्ष्य भेट्टाउन नसकेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए ।

‘आइसिपीमा रहेका गाडीहरू जाँचपास भए राजस्व पनि बढ्ने थियो, तर अहिलेकै अवस्थामा आयातकर्ताले गाडीहरू जाँचपास गरेर लैजाने सम्भावना कम देखिन्छ,’ उनले भने, ‘नयाँ सवारीसाधनले यार्ड पूरै भरिभराउ छ, अब आयात हुने सवारीसाधन राख्ने ठाउँ छैन ।’

भन्सारपरिसरको पार्किङमा ट्रक, टिपर, टेलर र यिनका चेसिस सबैभन्दा धेरै देखिन्छन् । वीरगन्ज र भैरहवा दुवै ठाउँमा सबैभन्दा धेरै कमर्सियल भेहिकल रोकिएका छन्, जसमध्ये अधिकांश टाटा कम्पनीका हुन् ।

टाटाका टिपर, टेलर, ट्रक, ट्यांकर, पिकअप गाडी र यिनका चेसिस भन्सारपरिसरमा जताततै देखिन्छन् । ‘२०२१ डिसेम्बरयता गाडी बिक्री ठप्प छ, एकातिर कर्जा प्रवाहमा कडाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *