बतास एमएडब्लु कमर्सियल भेइकलको सिइओ दीपक अग्रवाल

भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडको लागि नेपालको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेइकलको कार्यकारी निर्देशक (इडी) र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् ।

यस अगाडि जगदम्बा मोटर्समा कार्यरत रहेर हालै राजीनामा दिएका अग्रवालले अटोमोबाइल क्षेत्रमा कुशल व्यवस्थापकको पहिचान बनाएका छन् ।

अग्रवालको व्यवस्थापकीय नेतृत्व पछि नेपाली बजारमा भोल्भो आइसरको माग अझै बढ्ने कम्पनीले विश्वास लिएको छ ।

भोल्भो आइसरका ट्रक तथा बसहरु कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *