Skip to content
न्युटल अवस्थामा राखेको बोलेरो जिप खस्दा जिपमा सवार दम्पतीको मृत्यु भएको छ।
कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर २ सेरा बजारमा स्टाट गरि न्युटल अवस्थामा छोडेको बोलेरो जिप सडकभन्दा तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा गाडीमा सवार रास्कोट वडा नम्बर १ लहरेलाका निवासी मन बहादुर शाही र उनकी श्रीमती मन कुमारी शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मन बहादुर शाही नेपाली कांग्रेसका वडा सभापति हुन् ।
दुर्घटनामा रिता सिंह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।
Post Views: 240