रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा शुक्रबार सफल रुपमा ‘परीक्षण उडान’ भएको छ ।

नेपाल वायुसेवा निगम (एनएसी) को नाइन एन एबिटी (9N-ABT) नम्बरको जहाज क्याप्टेन मनेश बिष्ट नेतृत्वको पाइलट टोलीले रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गराएका हुन् ।

नियमित उडानको लागि सबै अवस्थाको जाँच गर्न एयरलाइन्सले वायुसेवा निगमको अनुमति लिएर परीक्षण गरेको हो ।

रेसुंगा नगरपालिकासंगको समन्वय र सहयोगमा नेपाल एयरलायन्सले नियमित उडानको तयारी गरेको जनाएको छ ।

काठमाडौंबाट करिव ५० मिनेटको उडानपछि रेसुंगा विमानस्थलमा अवतरण गरिएको क्याप्टेन बिष्टले जानकारी दिए ।

रेसुंगा नगरले १४ फागुनमा सम्झौता गरेर १७  गतेबाट नियमित गर्ने योजना बनाएको भएपनी प्राबिधिक समस्याका  कारण अहिले परीक्षण उडान गरिएको मेयर खिलध्वज पन्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *