रौतहटको वारुणयन्त्र कामै नलाग्ने

गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना भएर कामै नलाग्ने भएको छ। रौतहटका १८ वटा पालिकामा आगलागी भएमा चन्द्रपुर नगरपालिकामा रहेको एक मात्र वारुणयन्त्रको भर पर्नुपर्ने अवस्था आएको छ।

गौर नगर क्षेत्रमै भएको आगलागी निभाउन गएको वारुणयन्त्र (फायर बिग्रेड) मंगलबार मध्यराति दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका थिए। तीमध्ये तीनजना सख्त घाइते छन्।

जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकामध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र वारुणयन्त्र थियो। गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना भएर कामै नलाग्ने भएपछि अब जिल्लामा एउटा मात्रै वारुणयन्त्र बाँकी छ।

गर्मीको मौसम सुरु भएसँगै तराईका जिल्लामा आगलागीका घटना बढ्ने गरेका छन्। जिल्लाका अन्य पालिकाका मेयर, उपमेयर र कार्यालय प्रमुखलाई चढ्न गाडी किन्ने पालिकाहरूले वारुणयन्त्र किन्नेतर्फ भने ध्यान नदिएको वृन्दावन नगरपालिकाका स्थानीय रामप्रसाद पटेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *