वुलिङको ७ सीटर एमपीभी ‘कोर्टेज’ नेपाल आउँदै

काठमाडौं– वुलिङ एयर इभीलाई नेपाल भित्राएर कारोवार शुरु गरेको इभी नेपाल मोटर्सले अर्को नयाँ एमपिभी नेपाल ल्याउने भएको छ । १.५ लिटर टर्बो पेट्रोल इन्जिन जडित वुलिङ कोर्टेजलाई कम्पनीले नेपाल ल्याउन लागेको । यो नयाँ एमपीभीको अहिले प्री–बुकिङ खुल्ला गरिएको छ ।

कोर्टेजमा १.५ लिटर, फोर सीलिन्डर, टर्बोचार्ज्ड पेट्रोल इन्जिन जडान गरिएको छ । सो इन्जिनले १४२ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको यो एमपीभीमा सीभीटी ट्रान्समिन जडान गरिएको छ । यसलाई १८२ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।

यसको इन्टेरियरमा प्रिमियम सेमी–लेदर क्याप्टेन सीट, मल्टी इन्स्ट्रयूमेन्ट डीस्प्ले, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, सीक्स स्पिकर साउन्ड सिस्टम, अटो एसी र किलेस इन्ट्रि लगायतका फिचर पाउन सकिन्छ ।

यसैगरी सेफ्टि फिचरमा एविएस, ईवीडी, ईएससी, टिसीएस, टिपिएसएमएस, रियर पार्किङ क्यामेरा, आइएसोफिक्स, इलेक्ट्रिक पार्किङ ब्रेक, चारवटै चक्कामा डिस्क ब्रेक, हिल होल्ड कन्ट्रोल र इमर्जेन्सी स्टप सिग्नल समावेश छन् ।

यो नयाँ एमपिभी दुई वटा भेरिएन्टमा नेपाल आउन लागेको छ । कम्पनीले यसको मूल्य सार्वजनिक नगरेपनि अनुमानित ४५ देखी ६० लाखको बीचमा यो एमपीभी नेपाल आउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *