मिलनबाबु मल्ल जनसेवाश्री पदकबाट विभुषित

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कोषाध्यक्ष मिलनबाबु मल्ल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।

यामाहा मोटरसाइकलको निकैं पुरानो डिलर अटोमोबाइल व्यवसायी मल्ललाई वैशाख १ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले  उक्त पदकबाट विभुषित गरेका हुन् ।

राष्ट्रकै गौरवका रुपमा लिइएको जनसेवाश्री पदकबाट विभुषित हुन पाउँदा गौरव महसुस भएको मल्लले बताए ।

सामाजिक तथा व्यावसायिक क्षेत्रमा थप सक्रियतासहित काम गर्ने प्रेरणा मिलेको उनले बताए ।

यामाहा मोटरसाइकलको निकैं पुरानो डिलर अटोमोबाइल व्यवसायी मल्ल लायन्सका इलेक्ट सेकेण्ड भाइस गभर्नर समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *