चांगान NEVO Q05 आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने

एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि. अन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स प्रा.लि. र सर्वा मोटर्स प्रा.लि.ले आगामी साता क्रमशः बुटवल र इटहरीमा नयाँ चांगान NEVO Q05 सार्वजनिक गर्ने भएका छन्। औपचारिक सार्वजनिक कार्यक्रम अघि नै ग्राहकहरूले विशेष टेस्ट ड्राइभमार्फत यस इलेक्ट्रिक एसयूभीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीको जनाएको छ । 

चांगानको न्यू इनर्जी भेहिकल पोर्टफोलियो अन्तर्गतको NEVO Q05 गुणस्तर, आराम र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने ग्राहकहरूका लागि डिजाइन गरिएको विश्वस्तरीय प्रिमियम सहरी इलेक्ट्रिक एसयूभी रहेको कम्पनीको दावी छ ।  ‘A Class Above’ अवधारणाअन्तर्गत Q05 ले आराम, डिजाइन र प्रविधि गरी तीन प्रमुख विशेषतालाई एकसाथ प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । 

आराममा ‘A Class Above’

NEVO Q05 मा २,७३५ एमएमको ह्विलबेस, ढल्काउन मिल्ने पछाडिका सिट तथा ५४० लिटर क्षमताको विशाल बुट स्पेससहित फराकिलो र सुविधासम्पन्न क्याबिन उपलब्ध छ। यी विशेषताले दैनिक आवागमनदेखि पारिवारिक यात्रासम्मलाई थप आरामदायी र व्यावहारिक बनाउने कम्पनीले जनाएको छ ।

डिजाइनमा ‘A Class Above’

विश्वप्रसिद्ध अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विशेषज्ञ सम्मिलित चांगानको विश्वव्यापी डिजाइन नेटवर्कद्वारा विकसित Q05 मा आकर्षक एरोडाइनामिक बनावट, विशिष्ट लाइटिङ डिजाइन र सडकमा प्रभावशाली उपस्थिति रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट डिजाइनका लागि यस एसयूभीले प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड’ समेत प्राप्त गरेको छ । 

प्रविधिमा ‘A Class Above’

चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री प्रणाली प्रविधिसहितको ५१.९ किलोवाट आवर क्षमताको CATL LFP ब्याट्री जडान गरिएको Q05 मा 3C फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट मात्र १५ मिनेटमा ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यसको १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले NEDC मापदण्डअनुसार ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दावी छ । साथै,  ऊर्जा खपत प्रति १०० किलोमिटर मात्र १२.९ किलोवाट आवर रहेको कम्पनीले जनाएको छ ।

विश्वभर २ लाखभन्दा बढी युनिट बिक्री भइसकेको NEVO Q05 ले चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा समेत उत्कृष्ट बिक्री प्रदर्शन गर्दै आफ्नो अन्तर्राष्ट्रिय लोकप्रियतालाई थप प्रमाणित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *