नेपालमा भेट्रा मोटर्स प्रालिले आयात गरेको नयाँ ब्राण्ड भेट्राको एरोन मोडल हालै आधिकारिक रुपमा सार्वजनिक भएको थियो ।
नेपाली सडक तथा भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।
मात्र २ घण्टामै फुल चार्जमा यो स्कुटर आधुनिक डिजाइन, फाष्ट चार्जिङ सुविधा, र सहज राइडिङ अनुभवको उत्कृष्ट संयोजन बन्न सक्ने छ ।
विशेषगरी राइड सेयरिङ तथा राइड–हेलिङ व्यवसायका लागि स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ ।