एफएनसीसीआईको पदेन सदस्यमा हिट्कोका प्रदिपमान प्रधान मनोनयन

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको सीप विकास तथा रोजगार समितिको पदेन सदस्यमा प्रदिपमान प्रधान मनोनयन भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको २०८३ असोज २१ गते सम्पन्न चौथो कार्यकारिणी समितिको बैठकले प्रदेश उद्योग वाणिज्य महासंघमा गठन गरिएका परिषद् एवं विषयगत समितिका सभापतिहरूलाई महासंघअन्तर्गत गठित परिषद् एवं विषयगत समितिमा पदेन सदस्यका रूपमा समावेश गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम उनलाई महासंघको कार्यकारिणी समिति सदस्य नानीराज घिमिरेको सभापतित्वमा गठित सीप विकास तथा रोजगार समितिको पदेन सदस्यमा मनोनयन गरिएको हो ।

नेउवा महासंघ बागमती प्रदेशको सीप विकास तथा रोजगार समितिका सभापति समेत रहेका प्रधानको अनुभव, विज्ञता तथा सक्रिय सहभागिताले देशको यातायात, ढुवानी, पारवहन तथा पूर्वाधार क्षेत्रका समस्या समाधान र महासंघका नीतिगत पहलहरूलाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले लिएको छ ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयन पत्रमार्फत प्रधानलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रधान नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्षसमेत हुन् ।

हिट्को प्रालिका सञ्चालक उनी बिगत ५० वर्षदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *