चीनसँगको एक मात्र संचालनमा रहेको मुस्ताङको कोरला नाकामा हिउँ र चिसोको कारण समस्या उत्पन्न भएको छ । केही दिनअघि बाढी र पहिरोको कारण सडकनै बन्द भएकोमा अहिले फेरी हिमपात र अत्यधिक चिसोको कारण गाडी ल्याउने काममा बाधा पुगेको हो ।
भोटेकोशी बाढीले रसुवागढी नाका र चीनले नै तातोपानी नाका प्रयोग गर्न नचाहेको कारण एक मात्रै चीनसँगको ब्यापारिक नाका बन्न पुगेको कोरोला नाका अहिले हिउँको चपेटामा परेको छ ।
असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी-कोरला सडकको विभिन्न खण्डमा क्षति पु¥याएपछि आयात प्रभावित भएको थियो ।
सडक मर्मत गरेर असोज अन्तिमतिर संचालनमा ल्याइए पनि कात्तिक दोस्रो साताको हिमपातले फेरि आवागमन अवरुद्ध बनाएको हो ।
अहिले पनि करिब १ हजार २०० युनिट विद्युतीय कार नाकामा रोकिएका छन् ।