प्रोटोनको प्रि–दशैं सर्भिस क्याम्पमा ग्राहकलाई निःशुल्क चेकअप

दशैंको समयमा ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि तयार रहन सहयोग गर्ने उद्देश्यले प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दशैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । असोज २८ देखि ३० गतेसम्म (१४ देखि १६ अक्टोबर २०२६) भक्तपुरको राधे राधेस्थित प्रोटोन सर्भिस सेन्टरमा क्याम्प सञ्चालन हुने कम्पनीले जनाएको छ।


दशैंमा परिवारसँग भेटघाट गर्न र आफ्नो गृहजिल्ला जान धेरैले लामो दूरीको यात्रा गर्ने हुदाँ यस्तो यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्नु आवश्यक हुन्छ ।

यही कुरालाई ध्यानमा राखेर सञ्चालन गर्न लागिएको क्याम्पमार्फत प्रोटोनका ग्राहकले आफ्नो सवारीसाधनको निःशुल्क जाँच गराउनुका साथै विभिन्न सेवा तथा सुविधामा छुट पाउने कम्पनीले बताएको छ ।

क्याम्प अवधिभर स्पेयर पाट्र्समा २० प्रतिशतसम्म र सर्भिस तथा लेबर चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीको दाबी छ ।
ग्राहकले दुई पटकसम्म निःशुल्क सवारीसाधन धुने सुविधा पनि पाउनुका साथै, क्याम्पमा सहभागी प्रत्येक ग्राहकलाई
आकर्षक उपहार ह्याम्पर प्रदान गरिने जनाइएको छ ।

यस क्याम्पमार्फत ग्राहकलाई चाडपर्वको यात्राअघि सवारीसाधनको आवश्यक जाँच तथा मर्मतसम्भार गराउन प्रोत्साहित गर्नुका साथै गुणस्तरीय सेवा प्रदान गर्ने र ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य जगदम्बा मोटर्सले लिएको छ ।

जगदम्बा मोटर्सले प्रोटोनका सम्पूर्ण ग्राहकलाई यस अवसरको लाभ उठाउँदै समयमै आफ्नो सवारीसाधनको जाँच तथा सर्भिसिङ गराउन र दशैंको यात्रा सुरक्षित बनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *