चांगान निभो क्यू०५ धनगढीमा सार्वजनिक

एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. अन्तर्गत धनगढी क्षेत्रका लागि चांगानको आधिकारिक डिलर श्री ग्लोबल प्रा. लि. ले नयाँ निभो क्यू०५ धनगढीमा सार्वजनिक गरेको छ। ग्राहकहरूले असोज २६ देखि २९ गतेसम्म कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

निभो क्यू०५ को भव्य सार्वजनिक समारोह सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री पुष्पराज कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा एमएडब्लु वृद्धिका उपाध्यक्ष श्री सन्दीप चटर्जी, एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्रबहादुर चन्द, श्री ग्लोबल प्रा. लि. का अध्यक्ष श्री हितेश ओझा तथा प्रबन्ध निर्देशक श्री कृष्णदेव उप्रेती को उपस्थिति रहेको थियो।

निभो क्यू०५ को अल्ट्रा भेरियन्ट विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको छ। चांगान निभो क्यू०५ कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘ए क्लास अबभ’ अनुभव प्रदान गर्ने उद्देश्यले विकास गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो।

कम्फर्टमा ‘ए क्लास अबभ’

आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको निभो क्यू०५ ले कम्प्याक्ट बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक क्याबिन प्रदान गर्छ। यसमा रहेको सेग्मेन्टकै उत्कृष्ट २,७३५ एमएम ह्विलबेस र ८६.६ प्रतिशत क्याबिन स्पेस उपयोगले यात्रुहरूका लागि प्रशस्त ठाउँ उपलब्ध गराउँछ। यसको पछाडिको सिटमा तीन जना वयस्क यात्रु आरामसँग बस्न सक्छन्।

पछाडिको सिटको ब्याकरेस्टलाई २८ र ३३ डिग्रीका दुई फरक कोणमा ढल्काउन सकिन्छ भने सिटहरू आरामदायी यात्राका लागि एर्गोनोमिक नौ तहको संरचनामा तयार गरिएका छन्। निभो क्यू०५ मा ५४० लिटर क्षमताको डुअल-लेभल बुट स्पेससँगै ९० लिटरको लुकाइएको स्टोरेज, २९ वटासम्म व्यावहारिक स्टोरेज स्पेस तथा आवाज र कम्पन कम गर्न ६७ भन्दा बढी साउन्ड इन्सुलेसन र न्वाइज रिडक्सन पोइन्टहरू रहेका छन्। यसका केही भेरियन्टमा विद्युतीय सनसेडसहितको १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रुफ पनि उपलब्ध छ।

डिजाइनमा ‘ए क्लास अबभ’

निभो क्यू०५ को डिजाइन चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जाइसिओराको नेतृत्वमा विकास गरिएको हो। यसको डिजाइन विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञहरूको योगदान रहेको छ।

फुग्वाङ डिजाइन दर्शनबाट प्रेरित निभो क्यू०५ ले सन्तुलित अनुपात, आकर्षक रोड प्रेजेन्स र ०.२६५ सीडीको एरोडायनामिक ड्र्याग कोइफिसियन्टलाई समेटेको छ। सन् २०२६ को प्रतिष्ठित गोल्डेन ए’ डिजाइन अवार्ड विजेता यस एसयूभीमा डिजिटल विङ २.० फुल-विथ लाइटिङ सिग्नेचर, स्टार-रिङ म्याट्रिक्स एलईडी टेललाइट तथा प्रिमियम सेमी-हिडन डोर ह्यान्डलजस्ता डिजाइन विशेषताहरू रहेका छन्।

टेक्नोलोजीमा ‘ए क्लास अबभ’

निभो क्यू०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत क्याटल ब्याट्री सेलहरू प्रयोग गरिएका छन्। यसको थ्री-सी फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई लगभग १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।

यसमा रहेको १२० किलोवाटको इलेक्ट्रिक मोटरले गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र ८.१ सेकेन्डमा पुर्‍याउन सक्छ। निभो क्यू०५ ले डब्लुएलटीपीसी परीक्षणअनुसार ४०५ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ।

यसको प्रविधि प्याकेजमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ-ग्रेड एमटीके८६७५ सेभेन-न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध छन्। भेरियन्टअनुसार यसमा १८ वटासम्म एडभान्स्ड ड्राइभर असिस्टेन्स फङ्सन तथा ५४० डिग्री प्यानोरामिक भ्युइङ सिस्टमजस्ता अत्याधुनिक सुविधाहरू पनि उपलब्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *