नेपालमा इभी सेग्मेन्ट सहित प्रवेश गर्दै क्रसफायर

नेपालमा क्रसफायरले आफ्नै ब्रान्ड पहिचान अन्तर्गत Crossfire EV सेग्मेन्ट शुरु गर्दै इभी दुईपाङ्ग्रे सवारी बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ।

यससँगै, परम्परागत रूपमा परफर्मेन्स र एड्भेन्चर मोटरसाइकलका लागि परिचित क्रसफायरले अब आफ्नै ब्रान्ड आइडन्टिेन्टि, प्रोडक्ट फिलोसोफी र प्रविधि सहित इभी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न लागेको हो।

नेपालमा क्रसफायरको आधिकारिक वितरक Classic Wheels Export & Import Pvt. Ltd. ले सन् 2023 मा GAROW ब्रान्ड मार्फत इभी क्षेत्रमा प्रवेश गरिसकेको थियो।

GAROW मार्फत कम्पनीले नेपाली EV बजार, ग्राहकको अपेक्षा, रेन्जको आवश्यकता, चार्जिङ व्यवहार, दैनिक प्रयोग तथा बिक्रीपछिको सेवा सम्बन्धी अनभुव हासिल गरेको छ।

उक्त अनभुवलाई आधार बनाउँदै कम्पनीले अब अर्को चरणका रूपमा Crossfire EV नाममा आफ्नै समर्पित इभी सेग्मेन्ट अघि बढाउन लागेको हो।

Crossfire EV अन्तर्गत पहिलो उत्पादनका रूपमा कम्पनीले एकपटकको चार्जमा 250 किलोमिटरसम्म रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपालमा लामो रेन्ज भएका इलेक्ट्रिक स्कुटरहरू पहिले नै उपलब्ध रहेकाले Crossfire EV ले रेन्जलाई मात्र आफ्नो मुख्य विशषेता बनाउने छैन।

नयाँ स्कुटरलाई रेन्ज, परफर्मेन्स, डिजाइन, प्रविधि, दैनिक प्रयोगको सहजता र स्वामित्वप्रतिको विश्वास बीच सन्तलुन कायम गर्ने गरी प्रस्ततु गरिनेछ।

कम्पनीका अनुसार नयाँ मोडलको मोटर क्षमता, ब्याट्री, चार्जिङ समय, टप स्पिड, प्रविधि , सरुक्षा फिचर, वारेन्टी, मुल्य तथा बुकिङ विवरण औपचारिक सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *