विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिति अझ मजबतु बनाउँदै चावहिल-बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
यो नयाँ सोरुम सञ्चालनमा आएसँगै ट्रायम्फ नेपालले एकै हप्ताभित्र देशभर चारवटा नयाँ ‘३एस’ शोरुम खोलेर नयाँ रेकर्ड बनाएको छ।
कम्पनीले एकै हप्तामा धनगढी, दाङ, हेटौँडा र चावहिल-बौद्ध गरी चार ठाउँमा नयाँ शोरुम विस्तार गरेको हो।

यस नयाँ शोरुमको स्थापनासँगै चावहिल, बौद्ध र आसपासका क्षेत्रका मोटरसाइकल प्रेमीहरूका लागि ट्रायम्फको अनुभव लिन अझ सहज भएको छ।
चावहिल-बौद्ध सडकमा रहेको यो नयाँ शोरुम उपत्यकाको सबभैन्दा व्यस्त र पहुँच योग्य स्थानमा स्थापित गरिएको छ, जसले ग्राहकहरूलाई ट्रायम्फको बाइक खरिद र सेवासम्बन्धी सम्पूर्ण सुविदा एकै ठाउँबाट दिनेछ।
ट्रायम्फ नेपालको आधिकारिक डिलर जेनपाल गियर्स (Gen Pal Gears) ले सञ्चालनमा ल्याएको यो नयाँ सोरुम पूर्ण ‘३-एस’ सुविधा सहितको सम्पन्न छ, त्यहाँ सेल्स, सर्भिस र स्पेयर पाट्स सबै सेवा एउटै छानामुनि उपलब्ध हुनेछन।
अब ग्राहकहरूले यहाँ ट्रायम्फका मोटरसाइकल दक्ष प्राविधिकहरूबाट आधिकारिक सर्भिसङ र ओरिजिनल स्पेयर पार्टस सजिलै पाउनेछन।

काठमाडौँ उपत्यका भित्रका ग्राहकका लागि यो नयाँ शोरूमले थप सहजता थपेको छ, जसले गर्दा बिक्रीपछिको सेवा र मर्मतका लागि टाढा गइरहनपुर्ने बाध्यता हट्नेछ।
चावहिल-बौद्ध शोरुमको सुरुवात उपत्यकाका लागि मात्र होइन, समग्र ट्रायम्फ नेपालकै लागि एउटा ठूलो उपलब्धि बनेको छ।

नेपालको मिड-प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै हप्तामा चारवटा पूर्ण सम्पूर्ण सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याउनलाई ट्रायम्फ नेपालले आफ्नो इतिहासकै सबभैन्दा ठूलो विस्तार र पहिलो अभ्यास भनेको छ।
सुदुरपश्चिम देखि मध्य नेपाल र काठमाडौँ उपत्यकासम्मको यो विस्तारले ट्रायम्फको पहुँचलाई झनै फराकिलो बनाएको छ।

