ट्रायम्फको एकै हप्तामा देशभर नयाँ चारवटा ‘३एस’ (3S) सञ्चालन

विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिति अझ मजबतु बनाउँदै चावहिल-बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

यस नयाँ शोरुमको स्थापनासँगै चावहिल, बौद्ध र आसपासका क्षेत्रका मोटरसाइकल प्रेमीहरूका लागि ट्रायम्फको अनुभव लिन अझ सहज भएको छ।

चावहिल-बौद्ध सडकमा रहेको यो नयाँ शोरुम उपत्यकाको सबभैन्दा व्यस्त र पहुँच योग्य स्थानमा स्थापित गरिएको छ, जसले ग्राहकहरूलाई ट्रायम्फको बाइक खरिद र सेवासम्बन्धी सम्पूर्ण सुविदा एकै ठाउँबाट दिनेछ।

ट्रायम्फ नेपालको आधिकारिक डिलर जेनपाल गियर्स (Gen Pal Gears) ले सञ्चालनमा ल्याएको यो नयाँ सोरुम पूर्ण ‘३एस’ (3S) सुविदा सम्पन्न छ।

त्यहाँ सेल्स (Sales), सर्भिस (Service) र स्पेयर पाट्स (Spares) सबै सेवा एउटै छानामुनि उपलब्ध हुनेछन। अब ग्राहकहरूले यहाँ ट्रायम्फका मोटरसाइकल हेर्नु कुर्नु साथै दक्ष प्राविधिकहरूबाट आधिकारिक  सर्भिसङ र ओरिजिनल स्पेयर पार्टस सजिलै पाउनेछन।

काठमाडौँ उपत्यका भित्रका ग्राहकका लागि यो नयाँ शोरूमले थप सहजता थपेको छ, जसले गर्दा बिक्रीपछि को सेवा (आफ्टर-सेल्स) र मर्मतका लागि टाढा गइरहनपुर्ने बाध्यता हट्नेछ।

चावहिल-बौद्ध शोरुमको सुरुवात उपत्यकाका लागि मात्र होइन, समग्र ट्रायम्फ नेपालकै लागि एउटा ठूलो उपलब्धि बनेको छ।

यो नयाँ सोरुम सञ्चालनमा आएसँगै ट्रायम्फ नेपालले एकै हप्ताभित्र देशभर चारवटा नयाँ ‘३एस’ शोरुम खोलेर नयाँ रेकर्ड बनाएको छ। कम्पनीले एकै हप्तामा ट्रायम्फ धनगढी, ट्रायम्फ दाङ, ट्रायम्फ हेटौँडा र ट्रायम्फ
चावहिल-बौद्ध गरी चार ठाउँमा नयाँ शोरुम विस्तार गरेको हो।

नेपालको मिड-प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै हप्तामा चारवटा पूर्ण सम्पूर्ण सुविदा सम्पन्न शोरुम सञ्चालनमा ल्याउनलाई ट्रायम्फ नेपालले आफ्नो इतिहासकै सबभैन्दा ठूलो विस्तार र पहिलो अभ्यास भनेको छ।

सुदुरपश्चिम देखि मध्य नेपाल र काठमाडौँ उपत्यकासम्मको यो विस्तारले ट्रायम्फको पहुँचलाई झनै फराकिलो बनाएको छ। यसले मिड-प्रिमियम बाइक सेग्मेन्टमा ट्रायम्फलाई नेपालकै छिटो विस्तार भइरहेको नेटवर्कका
रूपमा स्थापित गरेको छ।

महत्वपूर्ण कुरा के छ भने, यो विस्तार केवल नयाँ सोरुम खोल्नेमा मात्र सीमित छैन। चारैवटा नयाँ शोरुमहरूलाई ‘३एस’ सुविदा सहित तयार पारिएको छ, जसलेगर्दा बिक्रीसँगै आधिकारिक मर्मत र ओरिजिनल स्पेयर पाट्सको पहुँचलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *