हेनरी मिनकारमा २ लाख ५० हजारको छुट

नेपालका लागि हेनरीको आयातकर्ता केस्ला अटो प्रालिद्धारा विद्युतीय हेनरी मिनकारको नयाँ मोडल पहिलो पटक नाडा अटो शोमा भित्रिएको थियो ।

चीनमा बनेको र शहरमा चलाउनका लागि चिटिक्क परेको विद्युतीय कारमा ३५ किलोवाटको म्याग्नेट सिंक्रोनस मोटर दिइएको छ ।

जसले अधिकतम ३५ किलोवाट क्षमता र १०२ एनएम टर्क सिर्जना गर्दछ ।

२५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको यो कारलाई करिब ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

एकपटक फुल चार्ज भैसकेपछि यसले २८५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।

Fast Charging समेत रहेको यो कारलाई ३० मिनेटमा नै फुल चार्ज हुने, यसको टप स्पिड १०० किलोमिटरको रहेको बताइएको छ ।

यसको बजार मुल्य २५ लाख रहेको र हाल चाडपर्वको मौसम सुरु भएसँगै ग्राहकहरूको रुचि निरन्तर बढ्दै गएका कारण विशेष अफर अन्र्तगत २ लाख ५० हजारको छुटको व्यवस्था रहेको कम्पनीका जिएम श्यामसुन्दर शिवाकोटिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *