मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो।

सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *